अरुले बनाइ दिएको घरमा बसेर जसले घर बनाइदियो उसैलाई गाली गरेर कोही ‘कुशल’ हुँदैन,कुलमानजी !

मुकेश काफ्ले

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ । सर्वप्रथम त म उहाँलाई बधाई दिन चाहन्छु ।

तर, कसरी लोडसेडिङको अन्त्य भयो ? त्यसमा क–कसको भूमिका छ ? लोडसेडिङमुक्त काठमाडौंले स्थायित्व पाउला कि नपाउला भन्ने विषयमा निवर्तमान कार्यकारी निर्देशकको हैसियतमा मैले आफ्ना भनाईहरु राख्नै पर्नेहुन्छ । मैले २०७१ कात्तिक १३ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेकै दिन भारप्रेषण केन्द्रमा गई नेपालको ग्रीड कनेक्टेड प्रणालीमा भएको माग, आपूर्ति र त्यसको व्यवस्थापनको बारेमा जानकारी लिएको थिएँ ।

कात्तिक महिनामा नदीमा पानीको बहाब नघटेको अवस्था रहेपनि नेपाल विद्युत प्राधिकरण अन्तगर्तका जलविद्युत गृह, निजी क्षेत्रबाट सञ्चालित जलविद्युत गृह, एवं भारतबाट विभिन्न नाकामार्फत आयातसमेत गरी करिब ७५० मेगावाट प्रणालीमा उपलब्ध थियो भने माग १२ सय मेगावाटको हाराहारीमा थियो ।

गतवर्ष मंसिरको तुलनामा यो समयमा प्रणालीमा करिब २०० मेवा विद्युत बढि देखिएको छ । जुन अवस्था व्यवस्थापनको लागि सहज हो ।भारतबाट थप आयात (२५० मे.वा) नगरी काठमाडौं उपत्यका बाहिर १० घण्टा लोडसेडिङ्ग कायम गरी माघदेखि बैशाखसम्म काठमाडौं उपत्यकालाई लोडसेडिङ्ग मुक्त राख्न सकेमा म जर्नादन शर्मा र कुलमान घिसिङ्गको सदैव प्रशंसा गर्न तयार छु । र, आफ्नो कमजोरी महसूस गरी नेपाली जनतासँग क्षमायाचना गर्दै अब उप्रान्त कहिले पनि सार्वजनिक पद धारणा नगर्ने वाचा गर्न तयार छु । अन्यथा अरुले बनाइ दिएको घरमा बसेर जसले घर बनाइदियो उसैलाई गाली गरेर आफू ‘कुशल’ बनेको देखाउनुको कुनै अर्थ छैन । आगामी दिन सबैले देख्ने नै छौं ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको क्रममा भारतबाट थप ८० मेगावाट विजुली उक्त प्रसारण लाइनमार्फत बैकल्पिक व्यवस्था अन्तरगत ढल्केबरमा १३२ केभी प्रसारण लाइनमा टपिङ गरी आयात गरियो । सो थप विद्युत सुख्खायामको मध्मारेडियल मोडमा प्रणालीमा थपिए पछि समग्र लोडसेडिङमा २ घन्टा कम गर्न सकिएको थियो । जबकि उद्योगहरुमा १० घन्टाभन्दा बढी समय विद्युत आपूर्ति गर्न सम्भव भएन ।

वर्षायाम (०७३ असार) सुरु भएलगत्तै नदीहरुमा पानीको बहाव बढ्न गई विद्युत आपूर्तिमा सुधार भयो । र, स्वतः लोडसेडिङमा सुधार आयो । साउनदेखि कात्तिकसम्म विद्युत प्राधिकरणले लोडसेडिङ तालिका प्रकासित नगर्ने र प्रणालीमा जोडिएको बिजुली समानुपातिक रुपमा वितरण गरी आवश्यक भएमात्र मैले २०७३ भाद्र २४ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिई अलग भएँ । जुन बेला काठमाडौं उपत्यकालगायत देशभर अघोषित रुपमा बढीमा १ र २ घण्टा लोडसेडिङ थियो ।

गत साउन महिनाको अन्तिम साताबाट कालीगण्डकी ‘ए’ जलविद्युत गृह पूर्ण संचालनमा आएपछि देशभर लोडसेडिङ्ग न्यून रहेको र कुलेखानी जलाशयुक्त आयोजना एक दिन पनि संचालनमा आएको थिएन । म २०७३ भाद्र २४ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिई अलग भएँ । जुन बेला काठमाडौं उपत्यकालगायत देशभर अघोषित रुपमा बढीमा १र२ घण्टा लोडसेडिङ थियो ।
म पछि २०७३ भाद्र ३१ गते कुलमान घिसिङ कार्यकारी निर्देशकको रुपमा नियुक्त हुनुभयो ।

त्यसपश्चात् राष्ट्रिय प्रणालीमा माथिले मस्याङदी ‘ए’ ५० मे.वालगायत अन्य साना आयोजनासमेत करिब ७० मे.वा जोडिएको छ । काठमाडौं उपत्यकालाई लोडसेडिङ्ग मुक्त बनाइएको थियो । काठमाडौं उपत्यका बाहिर देशभर दैनिक ४ देखि ६ घण्टा लोडसेडिङ्ग भएको देखिन्छ । काठमाडौं उपत्यकाको दैनिक उच्च माग ३१५ मे.वा पूरा गर्न दैनिक २ घण्टा कुलेखानी जलविद्युत गृह संचालनमा ल्याइएको बुझिएको छ ।

यो सामाग्री हामीले क्लिकमाण्डुबाट लिएका हौं

7 Comments
  1. पूर्व प्रधानमन्त्री श्री के पि ओलिज्युको उत्कृष्ट पास लाई कुलमान घिसिङ्ले गोलमा पारीणत गर्ने अवसर पाउनु भएको हो ।

  2. “अरुले बनाइ दिएको घरमा बसेर जसले घर बनाइदियो उसैलाई गाली गरेर कोही ‘कुशल’ हुँदैन,कुलमानजी !” भन्नलाई लाज , सरम , धरम पचेकै हो.. ? कालो पुछेकोहोला झन उदाङ्गो !

  3. Hhhhh. Kafle ji je jasto bhayeni lobh ra laalach chahi lukaauna mildaina. Tapaiko paalaama industrial area ko line lai kina manage/control garna saknu bhayena. Aile aayera spastikaran hamilai chahiyeko chhaina. Kaam ho kaam hamro lagi. Tapai vanda sakchhem kulman nai chhan.

  4. Hhhhh. Kafle ji je jasto bhayeni lobh ra laalach chahi lukaauna mildaina. Tapaiko paalaama industrial area ko line lai kina manage/control garna saknu bhayena. Aile aayera spastikaran hamilai chahiyeko chhaina. Kaam ho kaam hamro lagi. Tapai vanda sakchhem kulman nai chhan

  5. जनता लाई राहत चाहिन्छ जाे सुकैले गरे पनि अब किन गन् गन् जस पाउन अावश्यक छ र ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice