लोडसेडिङ नहुनुको खासकारण यस्तो छ

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले लोडसेडिङ नभएको बताएको छ ।

उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले लोडसेडिङमा कमी गर्न सम्भव भएको युनियनका अध्यक्ष रामेश्वर पौडेलले जनाएका छन् ।

उनले ओली सरकारका पालामा विद्युतभार कटौति गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र विद्युत उत्पादक कम्पनीलाई प्रोत्साहन गरिएकाले नयाँ आयोजना निर्माण भएको तथा भूकम्पले क्षति भएका आयोजना पुनः सञ्चालन भएको हुँदा नै हाल विद्युतभार कटौतिमा कमी गर्न सहज भएको बताएका छन् ।

प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले विद्युतको माग बढेपछि विद्युतभार पुनः कटौति हुनसक्ने खतरा रहेकाले समयमै त्यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

गत वर्ष भारतबाट २२७ मेगावाट विजुली आयात गरिएकोमा यसवर्ष ५६ मेगावाट आयातमा वृद्धि भएको पनि लोडसेडिङ नभएको युनियनले बताएको छ ।

One thought on “लोडसेडिङ नहुनुको खासकारण यस्तो छ
  1. पूर्व प्रधानमन्त्री श्री के पि ओलिज्युको उत्कृष्ट पास लाई कुलमान घिसिङ्ले गोलमा पारीणत गर्ने अवसर पाउनु भएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice