देउवालाई रिझाउन प्रधानमन्त्रीको प्रयासः अर्थमन्त्रीलाई दिए निर्वाचन बजेट तर्जुमा गर्न निर्देशन

काठमाडौं । विहीबार मन्त्रीपरिषदको बैठकबाट निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका लिखित आग्रह गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निर्वाचन बजेट तालिका बनाउन अर्थमन्त्री कृष्णबहादुर महरालाई निर्देशन दिने भएका छन् ।

आज प्रधानमन्त्री दाहालले निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गर्न र आगमी मन्त्रीपरिषदको बैठकमा पेश गर्न निर्देशन दिन थालेको स्रोतले बताएको छ । निर्वाचनको मिति घोषणा नगरेपछि असन्तुष्ट बनेका सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाउन उनले निर्वाचन बजेट तालिका सार्वजनिक गर्ने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचनका लागि बजेट छुट्याएको थियो । त्यही बजेटलाई बिशिष्टकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिने तयारी गरेका छन् । अर्थमन्त्रालयले बजेट तर्जुमा गरेपछि सत्ता साझेदार दलसँग विश्वासको वातावरण बनाउन सकिने भएपछि प्रधानमन्त्रीले यस्तो कदम चाल्न थालेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice