नारायणकाजी निवासमा तीन घण्टासम्म प्रचण्ड ओलीबीच गलफत्ती

शुक्रवार हात्तीवनस्थित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबीच झण्डै तीन घण्टा लामो वार्तालाप भयो ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अरु घुमाउरा र छलछामको भाषा प्रयोग नगरी तत्काल चुनाव मिति घोषणा गर्न आग्रह गरेका उक्त भेटमा माओवादीका तर्फबाट प्रधानमन्त्री दाहाल र नेता श्रेष्ठ थिए भने एमालेका अध्यक्ष ओली र उपाध्यक्ष भीम रावल सहभागि रहेको जनाइएको छ ।
ओलीले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने बेला संविधान संशोधनको अनावश्यक अल्झनमा नलाग्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको स्रोतको भनाई छ ।
जवाफमा प्रधानमन्त्री दाहालले चुनाव घोषणाको तयारीमा आफू रहेको वताएका थिए । ‘तयारी गर्दैछु भनेर हुँदैन, चुनाव गर्दै हुनुहुन्छ भन्ने विश्वास गर्न अप्ठ्यारो भएको छ’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तत्काल चुनावको मिति तोक्नुस् । अनावश्यक र लम्बेतान झन्झटहरुमा मुलुकलाई नफसाउनुस् ।’
प्रधानमन्त्री दाहालले भने मधेसी मोर्चालाई मनाएर चुनाव घोषणा गर्ने तयारीमा आफू रहेको वताएका थिए । तर, ओलीले कुनै एउटा पक्षको आग्रह पूरा गर्न राज्य र संविधानलाई धेरै निरिह बनाउन नहुने वताए ।
‘हामीले तत्काल निर्वाचनको मिति घोषणा गर्नुस् भन्यौं’ बैठकमा सहभागि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘उहाँहरु अझै अल्मलिइरहनु भएको छ, क्लियर कुरा गर्नु भएको छैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice