आइजिपी बन्न देउवा निवास,भारतीय दुताबास हुँदै नेपाली बाबाको चरणमा

नेपाल प्रहरीका डिआइजी जयबाहदुर चन्द प्रहरी प्रमुख बन्नका लागि शक्तिकेन्द्र मात्र धाएका छैनन् । जोगीका साहरा समेत लिन पुगेका छन ।
वरियताक्रममा तेश्रो नम्बरमा रहेका चन्दलाई कांग्रेस सभापति शेर बहादुर देउवाले बोकिरहेका छन । उनी कहिले भारतीय दुतावासमा पुगेर गुहारिरहेका छन त कहिले जोगीको शरणमा पुगेका छन ।
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यअवधी सकिन लाग्दा नयाँ आईजीपी बनाउन राजनीतिक रुपमा मात्र होइन बाबा र जोगीको चरणमा समेत निहुरीमुन्टी ‘न’ लगाउने काम भइरहेको छ ।
आफ्नो क्षेत्रकै भएका कारण  कांग्रेस सभापति शेरबहादुर देउवाले चन्दलाई आईजीपी बनाउन दवाव दिईरहेका छन् ।  तेस्रो नम्बरमा रहेका डीआईजी चन्द पनि शुक्रवार एक गुरुकोमा आर्शिवाद लिन पुगेको तस्विर सार्वजानिक भएको छ ।
उनी सतुङगलमा रहेको विन्धबासिनी मन्दीर सतुंगलका नेपाली बाबाकोमा आर्शिबाद लिन पुगेका थिए । जुन फोटो उनले आफ्नो फेसबुकमा समेत राखेका थिए ।  यस अगाडि पनि उनी (चन्द )जोगीको आर्शिवाद लिन भारत समेत पुगेको चर्चा अझै सेलाएको छैन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice