
इटहरीदेखि इनरुवासम्मको करिव २५ किलोमिटरको दुरीमा एमालेको मेची महाकाली अभियानको लर्काे देखेपछि विरोध गर्न कालो झण्डा सहित पुगेका मोर्चाका कार्यकर्ताहरुको भागाभाग मच्चिएको छ ।
गत पुस महिनादेखि नै एमालेले तय गरेको मेची महाकाली अभियानलाई बिथोल्न मोर्चाले जहाँ जहाँ एमालेले कायृक्रम राखेको छ सोही स्थानमा बन्द, हड्ताल, लाठी जुलुस र चक्काजाम जस्ता हिंसात्मक कार्यक्रम आयोजना सुरु गरेको थियो ।
अस्ति शनिवारबाट सुरु भएको एमालेको मेची–महाकाली अभियान आज इटहरीबाट झुम्का हुँदै इनरुवा पुगेको छ ।त्यहाँ उपस्थित हजारौंको संख्यामा रहेका स्थानीयले राजमार्गमा दायाँबायाँ किनाराबाट ताली बजाएर स्वागत गरे ।
इनरुवामा एमालेको कार्यक्रम बिथोल्न मधेसी मोर्चाको आयोजनामा करिव ५० जनाको समुह कालो झण्डा लिएर बसेको थियो । तर, एमालेको विशाल जुलुश आइपुगेपछि उनीहरु त्यहाँबाट तितरवितर भएर भागेका थिए ।
एमालेको मेची–महाकाली अभियान बिथोल्न मधेसी मोर्चाले हिंसात्मक तरिका अवलम्बन गरेको छ । देशको जुनसुकै क्षेत्रमा पनि शानितपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने अधिकारका विरुद्ध मधेसी मोर्चाले एमालेका पूर्व्निर्धा्रित कार्यक्रम बिथोल्न लाठी जुलस, बन्द, चक्काजामजस्ता हिंसात्मक कार्यको आयोजना मात्र गरेको छैन ढुकेर छापामार शैलीमा एमालेका नेता कार्यकर्तामाथि आक्रमण समेत गर्न थालेको छ ।
एमालेको अभियान सुरु हुनु अघिल्लो दिन सप्तरीमा एमाले जिल्ला उपसचिवमाथि बाटो ढुकेर बसेको मोर्चाको एक समुहले मोसो दलेका थिए ।
एमालेले दुई महिनाअघि तय गरेको कार्यक्रम बिथोल्न मोर्चाले जुन जुन दिन जहाँ जहाँ कार्यक्रम राखेको छ त्यही आफ्नो कार्यक्रम भएको भनी निहुँ खोजिरहेको छ । यता मोर्चाको यस्तो हर्कतलाई प्रधानमन्त्री प्रचण्ड,राष्ट्रिय मानवअधिकारवादी आयोग लगायतका विभिन्न संघ संस्थले समेत भर्सना गरिसकेका छन ।