वावुराम भट्टराई हिरासतमा, नयाँ शक्तिमा गयो ठूलो पहिरो

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेको अवस्थामा उनको पार्टीमा भने फेरि अर्काे ठूलो पहिरो गएको छ । नयाँ शक्ति नेपाल पार्टीका सह संयोजक समेत रहेका महेश कर्मोचासहित ३० जना केन्द्रीय परिषद् सदस्य विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका हुन । कर्मोचालाई गत असारमा नयाँ शक्तिले सह संयोजक बनाएको थियो । त्यसबेला सहसंयोजक तोक्ने विषयमा पार्टी भित्र विवाद भएको थियो । उनी काँग्रेसबाट नयाँ शक्तिमा आएका थिए । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गच्छदारले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत रहेका छन् । अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले गत असोजमा सो पार्टी परित्याग गरेका थिए ।

त्यसपछि नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख पूर्व अर्थ सचिव रामेश्वर खनालले चैत्रको पहिलो साता आफू कुनै पार्टीमा संलग्न नरहेको भन्दै बाहिरिएका थिए ।

एक बर्षअघि नेकपा माओवादी छाडेर नयाँ शक्ति नेपालमा लागेका धु्रव पराजुलीले आज नयाँ शक्ति छाडेका थिए ।

यसअघि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई भने यतिबेला नेपाल पुलिस क्लबमा हिरासतमा रहेका छन् ।

निर्वाचन चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीसहित ५० जना नेता कार्यकर्ता पक्राउ परेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice