सिंहदरबारमा मन्त्रिपरिषद्को वैठक चलिरहँदा गृहमन्त्रालयमै झोक्राइरहे निधि

तीन साता लामो रस्साकस्सी पछि सोमबार बल्ल मन्त्रिपरिषद्को वैठक बस्यो । सिंहदरबारमा आज उक्त वैठक बस्दै गर्दा सबै मन्त्रीहरु उपस्थित रहे तर गृहमन्त्री विमलेन्द्र निधि भने उपस्थिती जनाएनन् । वरियता विवादका कारण असन्तृष्टी जनाँउदै आएका गृहमन्त्री निधिले आजको मात्र होइन अब हुने सबै मन्त्रिपरिषद् बैठकहरु बष्हिकार गर्न भएका छन । उनी निकट स्रोतका अनुसार अब निधि कुनै पनि मन्त्रिपरिषद्को वैठकमा सहभागी हुने छैनन् ।

मन्त्रीहरु सिंहदरबार जाँदा उनी भने निवासमै आराम गरिरहेका छन । सिंहदरबारमा मन्त्रीपरिषद्को वैठक चलिरहँदा निधि  गृहमन्त्रालयमा झोक्रिएर बसिरहेका छन ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई सरकारमा दोस्रो वरियता दिने पक्का जस्तै छ । निधिले पनि दोस्रो वरियता दाबी गर्दै आएका छन् । थापा मन्त्री हुनुअघिसम्म प्रचण्ड सरकारमा उनी नै दोस्रो वरियतामा थिए । थापाले पनि दोस्रो वरियता माग गरेपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice