सत्ताको तालाचाबी यसै साता देउवालाई सुम्पने मुडमा प्रधानमन्त्री प्रचण्ड

तीन प्रदेशमा स्थानीय तहको निर्वाचन गरी धन्यवादका पात्र बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता राजीनामा दिने बताएका छन ।क ांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमति बमोजिम उनले यसै साता राजीनामा दिन लागेको जानकारी गराएका छन । विभिन्न तीन प्रदेशका दुई सय त्रियासी स्थानमा निर्वाचन सम्पन्न भइसकेको र बाँकी चार प्रदेशका बाँकी जिल्लाहरुमा निर्वाचन गर्न बाँकी रहेको अवस्थामा आजै बिहान राष्ट्रिय जनता पार्टी शीर्षस्थ नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । राजपाका नेताहरुसँग भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका जनाएका हुन ।

सो भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन । उनले अगाडि भने ‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’ आफूले राजीनामा गरी सत्ताको साँचो प्रधानमन्त्री प्रचण्डले देउवाको हातमा सुम्पन लागेका हुन ।

दोश्रो चरणको निर्वाचन कांग्रेस सभापति शेर बहादुर देउवाले गर्न सहमति भएको छ । राजपाका नेताहरुले प्रथम चरणको निर्वाचन सम्पन्न् गरेकोमा धन्यवाद दिँदै दोश्रो तहको निर्वाचनको वातावरण बनाउनका लागि सर्वप्रथम संविधान संशोधन गर्न उनीहरुको माग थियो । भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice