पूर्व अर्थमन्त्री डा. रामशरण महतकै वडामा कांग्रेसको लज्जास्पद् हार

पटक पटक गरी सात पटकसम्म अर्थमन्त्री चुनिएका डा रामशरण महतको गृह नगरमा कांग्रेस चिप्लिएको छ । पूर्व अर्थमन्त्री डा रामशरण महतको गृह जिल्ला नुवाकोटको कविलाशमा एमालेले वाजी मारेको छ । पंचकन्या गाउँपालिका वडा नं २ मा एमालेले फराकिलो मतान्तरले कांग्रेसलाई हराएको हो । राजनीतक प्रतिष्ठीत नेता महतको गाँउमै कांग्रेस पराजित भएको हो । सो स्थानलाई कांग्रेसको अर्थात डा रामशरण महतको पकड क्षेत्रको रुपमा हेरिदै आइएको थियो । पंचकन्या गाउँपालिका वडा नं २ कबिलासबाट वडा अध्यक्षमा एमालेका ध्रुव मिश्र २०० भन्दा बढि मतको अन्तरले विजयी भएका हुन । मिश्रले एक हजार आठ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका उम्मेद्धारले जम्मा आठ सय पाँच मत प्राप्त गरेका थिए । सो स्थानबाट माओवादीका उम्मेद्धारले जम्मा २९८ मत मात्र प्राप्त गरेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice