काठमाडौंका पूर्व मेयर केशव स्थापितले गरे यस्तो ठोकुवा

काठमाडौंका पूर्व मेयर केशव स्थापितले काठमाडौंमा एमालेले अत्याधिक बहुमतका साथ जित्ने दावी गरेका छन । उनले एमालेले झण्डै सत्र हजार मत अन्तरले विजय गर्ने ठोकुवा गरेका छन ।

 

उनका अनुसार प्रारभ्भिक मतगणनामा सबैजसो वडामा एमालेले नै नेतृत्व गरिरहेको छ । उनले यसरी ठोकुवा गर्नुको कारण रहेछ ‘पञ्चायतकालदेखि नै हामीले नजितेको १ नम्बर वडामा एमालेले जित्यो । त्यहाँका सामाखुसी र बागबजार क्षेत्रमा अलि बढी टक्कर देखियो । नत्र सबैतिर एमालेको राम्रो देखिएको छ । ३२ वटामध्ये एमालेले २६ वडा जित्न सक्ने उनको विश्लेषण छ ।


पूर्व मेयर समेत रहेका र यस पटक समेत मेयरका आकाक्षीका रुपमा मैदानमा देखिएर अन्तत विद्यासुन्दर शाक्यलाई जिताउन कम्मर कस्सेर लागेका स्थापितका अनुसार,जनताले एमालेप्रति यति धेरै विश्वाश गर्नुको कारण एमालेको काम गराई नै हो । आफू मेयर हुँदा समेत उदाहरणीय काम गरेको तर्क पेश गर्दै स्थापित भन्छन‘ देशको स्वाधिनताको विषयमा हाम्रो पार्टीले लिएको नीति, पार्टीको दृष्टिकोण पनि मुख्य कारण हो । नाकाबन्दीको बेलामा एमालेले खेलेको भूमिकाका कारणले अहिले एमालेको पक्षमा जनलहर उर्लिएको हो । तालमेल नगरेको भए हामीले मेयर, उपमेयर दुबै जित्ने स्थापितको दाबी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice