सत्ताको आडमा भएको धाँदली र गुण्डागर्दीको संसदीय छानविन गर्न एमालेको माग

३४ स्थनमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दोलखा लगायतका केही जिल्लामा बितण्डा मच्चियो । त्यहाँका प्रमुख जिल्ला अधिकारी,माओवादी नेतृ एंव तरुण दलका नेताहरुकै सक्रियतामा एमालेका उमेद्धारको भाईलाई मारियो । मतदान भइरहँदा वुथ क्याप्चर गर्ने उनै कांग्रेसी कार्यकर्ताहरु नै खटिए । प्रहरीको गोली लागि त्यहाँ पनि अर्काे एक जनाको ज्यान गयो ।

यही सन्र्दभमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा सरकारको संरक्षणमा विभिन्न जिल्लामा धाँदली भएको भन्दै संसदीय छानबिनको माग गरेको छ ।

एमालेको शनिवार बसेको स्थायी कमिटी बैठकले सत्ताको संरक्षणमा धाँदली भएको भन्दै संसदीय निर्वाचन हुनुपर्ने माग गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा सत्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाँधलीका बारेमा छानविन गर्न र दोषीउपर कारवाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको हो।

त्यस्तै बैठकले सरकारका तर्फबाट व्यवस्थापिका संसदमा दर्ता गरिएको राष्ट्रहित विपरित तथा औचित्यहीन संविधान संशोधन विधेयक फिर्ता लिन तथा प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गरी राजनीतिक सहमतिको वातावरण निर्माण गर्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन सरकारको गम्भीर ध्यनाकषर्ण गरेको छ ।

बैठकले पहिलो चरणको निर्वाचनका घटना र अनुभवबाट शिक्षा लिंदै स्थानीय औचित्य र आवश्यकताको आधारमा पार्टीको नेतृत्वसँग समन्वय गरी दोश्रो चरणको चुनावी ताममेल गर्नसक्ने अधिकार स्थानीय पार्टी कमिटीहरुलाई प्रदान गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice