प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस गर्दै सुशीला कार्की सर्वाेच्च आदलतबाट विदा

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दै मंगलबार सर्वाेच्च अदालतबाट विदा भएकी छिन् । भावी प्रधानन्यायाधीशका लागि उनले सर्वाेच्च अदालतमा कार्यरत ६ न्यायाधीशको नाम संबैधानिक परिषदमा पठाएकी छिन् । न्यायपरिषद अध्यक्षको हैसियतमा उनले प्रधानन्यायाधीशको नाम सिफारिस गरेकी हुन् ।

न्यायपरिषद सदस्यहरुकाबीच विवाद भएपछि उनले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेकी थिइनन् । आफु अवकास लिने दिनमै उनले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम संबैधानिक निकायमा पठाएकी छिन् ।

अबकास हुने दिन विहान ११ बजे सर्वाेच्च अदालत पुगेकी कार्कीले केही समय औपचारिकरुपमा न्यायाधीशहरुसँग विदाई भेट गरेकी थिइन । तर अन्य प्रधानन्यायाधीश जस्तै उनले आफ्नो विदाईमा तामझाम गरिनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice