संविधान संशोधनकै माग दोहोर्यायो राजपाले,अन्यथा स्थानीय चुनावमा सहभागी नहुने

काठमाडौँ


राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नहुँदासम्म २ नं. प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने दोहोर्‍याएको छ ।

काठमाडौंका बबरमहलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको अध्यक्षमण्डलको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘हाम्रो माग भनेको संविधान संशोधन हो’, उहाँले भन्नुभयो, ‘पटक पटक भनेका छौँ । संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग लिँदैनौँ ।’

बालुवाटार बैठकमा फेल हुने विधेयकलाई अगाडि बढाउने भनेर आफूहरूले कुनै पनि स्वीकृति नजनाएको उहाँले बताउनुभयो । ‘संविधान संशोधन भएन भने हामी निर्वाचनमा जाँदैनौँ’, अध्यक्ष ठाकुले भन्नुभयो, ‘संसदमा रहेको संशोधनको विधेयक फेल भयो भने कसरी चुनावमा जाने ?’

बरु बालुवाटार बैठकमा शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेलाई क्षतिपूर्तिलगायतका मागहरू पूरा गर्ने प्रतिवद्धता सत्तापक्षका दलहरूले गरेको जानकारी अध्यक्ष ठाकुरले दिनुभयो । उहाँले भन्नुभयो, ‘२/३ दिनभित्र क्याबिनेटले पूरा गर्ने मागहरू प्रतिवद्धता आएको छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice