‘म पहाडे दलाल होइन, राष्ट्रको दलाल हुँ’

काठमाडौं । ‘म हिमाल पहाड र तराई जोड्ने कुरा गर्दै थिए, तराईबाट ठुलो आवाजमा आरोप आयो ‘पहाडे दलाल’ तर म आज भन्दैछु म पहाडे दलाल होइन राष्ट्रको दलाल हुँ’ शुक्रवार नेपाली कांग्रेस इतिहासको प्रारुप–२ बिमोचन गर्न पुगेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने ‘हेक्का राख्नु होला तराई पनि यो मुलुकै भूभाग हो, त्यहाँ बस्नेले बुझनु पर्छ र यहाँ (राजधानी)मा बस्नेले सोच्नु पर्दछ ।’

राष्ट्रपति हुँदा केही मधेस केन्द्रीत दलहरुले आफुलाई पहाडे दलाल भनेको सम्झदै यादवले विगतमा नेताहरुले गरेका गल्तिका कारण समस्या आएको बताए । ‘संविधान जारि गर्नुभन्दा पहिले तत्कालिन नेताहरु सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बाबुराम भट्टराईलाई तराईका सांसदहरु लिएर मधेस जानुहोस भनेको थिए’ पूर्वराष्ट्रपति यादवले भने ‘त्यही बेला समस्या सावधान हुने थियो मेरो कुरा नेताहरुले मानेनन् ।’

विपी कोइरालाको ३५ औ स्मृतिमा पूर्व सांसद पुरुषोत्तम बस्नेतद्धारा लिखत पुस्तकको बिमोचन गर्दै पूर्वराष्ट्रपति यादवले तराईको समस्यालाई कम आँकलन नगर्न दलहरुलाई आग्रह गरे । उनले देशमा समानुपातिकका कारण समस्या आएको बताए ।

यादव बोल्दा बोल्दै समानुपातिक सांसद कसरी बने भन्ने बिषयमा संकेत समेत गरे । रकम दिनु लिनु गरेर सांसद बनेको उनले बताए । हातका औला देखाउँदै उनले पैसा गन्न सक्ने मात्र सांसद बनेको आरोप समेत लगाए । उनले समानुपातिक सांसद बनाउने खेलले लोकतन्त्र कमजोर बनेको समेत बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice