१० अर्ब भ्रष्टाचारका आरोपी चूडामणि शर्मा साधरण तारिखमा रिहा

काठमाडौं । नेपालको इतिहासमा सवैभन्दा ठुलो भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई साधरण तारिखमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतको आदेश अनुसार दुई महिनादेखि हिरासतमा रहेका शर्मा थुनामुक्त भएका छन् ।

शुक्रबार न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले शर्मालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । शर्माकी पत्नीले दिएको रिटमा बुधवार सुनुवाई सकिएको थियो । बुधवार सुनुवाई सकिएपछि शुक्रवार रिहाई गर्न आदेश दिएको छ ।

अख्तियारले पक्राउ गरेका शर्मालाई छानविनका लागि आफ्नै हिरासतमा राखेको थियो । केही समय अघि अदालतले न्यायिक हिरासतमा राख्ने आदेश दिएको थियो भने शुक्रवार थुनामुक्त गर्न आदेश दिएको छ ।
१० अर्बभन्दा बढि भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice