
काठमाडौँ
नेकपा माओवादी केन्द्रको आइतबारको बैठकले पार्टी केन्द्रीय कार्यालय हेडक्वार्टरलाइ बिगठन गरेको छ। विगठनसंगै अब माओवादी केन्द्रको उच्च संरचना परिवर्तन भइ सचिवालय हुने बताइएको छ ।
बैठकले पहिलेको ३५ सदस्यीय हेडक्वार्टर बिगठन गरी ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई प्रमुख कार्यकारी निकाय बनाइएको हो। यसअगाडी ३५ सदस्यीय हेडक्वार्टर भएपनि माओवादीमा हेडक्वाटर भन्नाले खासगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्र कार्यकारीको रुपमा मानिन्थ्यो ।