सीतादेवीका छोराले टिकट पाएपछि कांग्रेसका दुई पक्षबीच सिराहमा खुकुरी हानाहान

सिराह । नेपाली कांग्रेसका दुई खेमाबीच टिकट वितरणलाई लिएर सिराहमा खुकुरी हानाहान भएको छ ।  सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच खुकुरी हानाहान भएको हो । कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरालाई मेयर पदमा टिकट दिएपछि कुटकुट भएको हो । कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवले टिकट पाएका थिए । असन्तुष्ट बनेका उपेन्द्र यादव पक्षले पार्टी कार्यालयमा हंगामा गरेपछि खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा परी दुवै पक्षका १० जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव रहेका छन् । कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice