आफ्नै चिह्नमा चुनाव लड्ने कि गठबन्धनलाई सहयोग गर्ने ?

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई आफ्नो गृहजिल्ला गोरखा क्षेत्र २ बाट चुनाव नलड्न  माओवादी केन्द्रले दवाब दिएपछि उनी आफ्नै पार्टीको चिह्नमा चुनाव लड्ने वा उम्मेदवारी नै नदिएर बाम गठबन्धनलाई सहयोग गर्ने विकल्पमा पुगेका छन्

गोर्खा -२ मा उम्मेदवार  बन्नबाटै भट्टराईलाई रोकिरहेको माओवादी र सूर्य चुनाव चिन्ह लिदाँ पनि उम्मेदवारमा अंकुश बेहोर्नुपरेपछि नयाँ शक्ति गठबन्धनबाट बाहिरिने समेत मनस्थितिमा पुगिसकेको छ । गठबन्धनसंग वार्ता जारी नै रहेको तर माओवादी केन्द्रले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै उनले सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने /नरहने बारेमा सोच्ने बताएका छन् । भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायणकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने बताएका थिए।

नयाँ शक्तिका प्रवक्ता केशव दाहालले परिस्थिति ठिक ढंगले नगए साथीहरूको उम्मेदवारी रोक्न नसक्ने बताए । एमाले अध्यक्ष केपी ओलीले अझै मिलाउने बताइरहेको तर माओवादी केन्द्र पेलेर अगाडि बढ्ने मनस्थितिमा रहेको भट्टराईले बैठकमा ब्रिफिङ गरेका हुन्। माओवादीले नयाँ शक्तिका उम्मेदवार सूर्य चुनाव चिन्ह लिने भएपछि उसले ६० प्रतिशतबाट भाग पाउनुपर्ने तर आफ्नो सिट नछाड्ने बताएको हो।

ओलीले बुधबारको भेटमा भट्टराईलाई आफ्नो पार्टी ६० प्रतिशतमा रहेको र मिलाउने कोसिस गरिनै रहेको बताएक थिए। स्थानीय तहको निर्वाचनमा समानुपातिकमा नयाँ शक्तिको मतले तीन चार वटा सिट पाउने अवस्था रहेको भएपनि अहिले दलहरूले पेलेको दाहालले बताए। ‘यदि गठबन्धन भएन भने साथीहरूलाई उम्मेदवार  बनाउन ‘डेमो सूची’ हामीपनि तयार गरिरहेका छौँ’, दाहालले भने।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice