तनहुँ १ का मतदाता रामचन्द्रको विकल्प खोज्दै ,जित्छु भन्नु दिवास्वप्न मात्र !

तनहुँ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको तनहुँ क्षेत्र नं १ मा चुनाव जित्छु भनेर सपना नदेख्न र पौडेलको उक्त सपना दिवास्वप्न मात्र भएको वाम गठबन्धन पक्षधरहरुले बताउन थालेका छन् ।

पौडेलले २०४८ सालयता लगातार उक्त क्षेत्रबाट चुनाव जितेको भए तापनि त्यस क्षेत्रको विकासका लागि उनले खासै ध्यान नदिएका कारण मतदाताहरुले नै पौडेलको विकल्प खोज्न लागेको उनीहरुको भनाई रहेको छ ।पौडेलको व्यवहारबाट दिक्क भएका तनहुँबासीहरु विकल्पको खोजीमा रहेका एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नं २ को प्रतिनिधीसभा सदस्यका उम्मेद्वार केदार सिग्देलले बताए ।

नेता सिग्देलले गोविन्दराज जोशीको उम्मेदवारी खारेजी कानुनसम्मत नरहेको पनि आरोप लगाए। बाम गठबन्धनले मात्रै नेपाली जनताको मुक्ति हुने भएकोले बाम गठबन्धनको सरकार हेर्न जनता आतुर रहेको उनले बताए । तनहुँबासीले नयाँ नेतृत्व चाहेकोले क्षेत्र नं १ मा र २ मा बामगठबन्धनको जीत सुनिश्चित रहेको रहेको पनि सिग्देलको भनाई थियो। यता, निर्वाचनको तयारी हुदै गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल भने जिल्लाका कर्मचारी खटनपटन कार्यमा व्यस्त रहेको खुलासा भएको छ ।

उक्त क्षेत्रमा एमाले-माओवादी वाम गठबन्धनबाट छोरा उमेरका एमाले युवा नेता किसान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice