कहिलेसम्म कायम रहिरहने यातायात सिन्डिकेटको मनपरी ?

काठमाडौँ । देशभर संचालन भईरहेका सार्वजनिक सवारीहरुमा लाग्दै आएको मनपरी सिन्डिकेटको अन्त्य गर्नका लागी भक्तपूर निवासी रामबहादुर थापाले सरकार लगायत सम्बन्धित निकायहरुलाई झक्झक्याउन थालेको धेरै वर्ष भैसक्यो।चाहे त्यो ट्याक्सी र अन्य निजी सवारी साधनमा होस्,चाहे सार्वजनिक भाडाका सवारी साधनहरुमा।

यातायात व्यावासायीहरुले देशभरका सडक आफ्नो कब्जामा लिएर राजनीतिक पार्टीहरुलाई चन्दा दिन्छन।यातायात व्यवस्था ऐन २०३४ बमोजिम यातायात समिति दर्ता भएको छ ,जुन समिति राज्यको नीतिविपरीत संचालन भएको छ। तर व्यवसायीहरुले राज्यलाई एक पैसा पनि राजस्व बुझाएका छैनन्। व्यावासायीहरु हामीले सर्वसाधारणलाई सेवा सुविधा दिएका छौं त भन्छन तर त्यो सेवा नभएर उनीहरुको व्यापार मात्र हो।तसर्थ दैनिक रुपमा उनीहरुले कमाउने लाखौँ रकमबाट निश्चित प्रतिशत राज्यलाई कर बुझाओस भन्ने थापाको प्रमूख माग हो।

गृह मन्त्रालयमार्फत यातायात व्यवस्था विभाग तथा सिडिओमा आफ्नो यातायात समिति दर्ता गरेर व्यवसायीहरुले सडक कब्जा गरी मनपरी सिन्डिकेट लागु गर्ने,राज्यबाट राजस्व छल्ने काम गरिरहेका छन्। त्यसले गर्दा यात्रुहरुले सार्वजनिक बस,टेम्पो तथा माइक्रोबस चाहेको बेलामा चढ्न पाएनन् र जोखिमपूर्ण यात्रा गर्न बाध्य भए। सिन्डिकेटकै कारण सडकमा सार्वजनिक भाडाका साधनहरु कमी भए र निजी प्लेटका साधनको संख्या बढ्यो। फलस्वरूप हरेक सवारी साधनले आफ्नो क्षमताभन्दा बढी यात्रु ढोकादेखि छतसम्म बोक्दा दिनानुदिन दुर्घटना बढ्दै गइरहेको छ भन्दै थापाले यस काठमाडौँ डट कमसंग चिन्ता व्यक्त गरे।

मनपरी ढंगले  सवारी चलाएर दुर्घटना गराई मान्छेको ज्यान लिने ड्राइभरलाई पनि अन्य ज्यानमारा सरहको सजायको व्यवस्था होस् भन्ने रामबहादुरको आग्रह हो। ‘यात्रुको १० लाख बराबरको बिमा हुनुपर्यो,दुर्घटनामा ज्यान गुमाउने प्रत्येक यात्रुको डेढलाख बराबरबरको किरिया खर्चको व्यवस्था हुनुपर्यो, यात्राको दुरीअनुसारको भाडा समायोजन हुनुपर्यो, देशभरका हरेक सडकमा बिहान पाँच बजेदेखि रातको बाह्र बजेसम्म सार्वजनिक गाडी संचालन हूनुपर्यो,साथै यातायात क्षेत्रमा फैलिदै गएका हरेक विकृतिको अन्त्य गर्नका लागि सरकारले तुरुन्त पहल चाल्नुपर्यो भन्ने दवाब दिनका लागि मैले निस्वार्थ रुपमा दवाबको सिर्जना गर्दै आएको छु।’ थापाले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice