माओवादी केन्द्रको बैठकमा बामदेव गौतम पराजयको चिन्ता,छानविन गर्न समिति बन्यो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा बाम राजनीतिका प्रभावशाली नेता बामदेव गौतमले निर्वाचनमा पराजय भोगेपछि दुई सदस्यीय छानविन समिति बनेको छ । छानविन समिति बनेकै दिन नेकपा माओवादी केन्द्रको विस्तारित बैठकमा पनि गौतमको चर्चा भएको छ ।

सोमवार माओवादी केन्द्रको विस्तारित बैठकमा बामदेव गौतमले चुनाव हार्नु पर्ने कारणका बिषयमा चर्चा भएको थियो । गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयको कारण खोज्न र अन्तरघात गर्नेलाई कारवाही गर्न केन्द्रीय नेताहरुले बैठकमा सुझाव दिएका थिए ।

बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेव गौतम ७५३ मतान्तरबाट पराजित भएका छन् । कांग्रेस उम्मेद्धार संजय गौतमले उनलाई पराजित गरेका छन् । स्थानीय तहको निर्वाचन परिणाम अनुसार बामगठबन्धनको बर्दियामा ५५७१२ मत थियो भने कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा २८८१३ मत थियो । करिव ३० हजार मतअन्तरबाट बिजयी हुने् आशा गरेका गौतम ७५३ मतअन्तरबाट पराजित भएका थिए ।

बामगठबन्धनले गौतमको पराजयलाई लिएर दुई सदस्यीय छानविन समिति बनाएको छ । ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी एमाले बर्दियाका अध्यक्ष हरीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका जिल्ला नेता भूवनकुमार थारु रहेको छानविन समिति बनाएको छ ।

बामगठबन्धनको गढ मानिने क्षेत्रमा कसरी बामदेव गौतम पराजित भए ? यसको कारण तत्काल खोज्नु पर्ने र अन्तरघातिलाई कारवाही गर्नुपर्ने माग माओवादी केन्द्रको बैठकमा चलेको थियो । बैठकमा गोर्खाबाट माओवादी केन्द्रका नेता श्रेष्ठमाथी अन्तरघात भएको पनि चर्चा चलेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice