
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफू हलो जोत्ने किसानको छोरो भएको र आफूले पनि हलो जोतेको हुनाले दम्भ प्रदर्शन गर्न नजान्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा शासकीय स्वभाव नभएको बताएका हुन्।
‘हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ। मैले के को दम्भ देखाउनु नि?’ बाँडेगाउँमा आयोजित सो कार्यक्रमा ओलीले भने, ‘गाई भैँसी चराएर हुर्किएको हुँ। म कोदालो खनेको मान्छे हुँ। मसँग केको दम्भ हुन्छ र?’ आफू गाईभैँसी चराएर हुर्किएको मानिस भएको बताउँदै उनले थपे, ‘ममा शासकीय स्वभाव छैन। म त शासक होइन सेवक हुने हो।’ उनले राणा शासन अन्त्यका लागि कृष्णप्रसाद भट्टराईको योगदानको चर्चा गर्दै भट्टराईसँग आफ्नो तुलना हुन नसक्ने बताएँ। भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले अघि भने ।
अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’