देउवाविरुद्ध पौडेल,सिटौला र केसीको एलाइन्स

काठमाडौँ । तेह्रौं महाधिवेशनका बेला फरक फरक गुटमा रहेका नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी एक भएर पार्टी सभापति शेरबहादुर देउवालाई एक्लाउन खोजेपछि कांग्रेसभित्र राजनीतिक तरंग पैदा भएको समाचार छापेको छ ।

पार्टीभित्र कमजोर प्रतिपक्षका रुपमा रहेका रामचन्द्र पौडेलसँग आफ्ना दुई बलिया आधार सिटौला र केसीको काँध मिल्ने छलफल भएपछि देउवा कमजोर बनेको समाचारमा उल्लेख छ ।

जनता पोस्टमा लेखिएको छ, ‘आफ्नै र इतरगुटका नेताले घेराबन्दी गर्न थालेपछि सभापति देउवाले पनि आफ्नो सहज परिस्थिति सृजना गर्ने रणनीतिक अभ्यास थालेका छन् ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice