माधव नेपालको प्रस्तावमा ओली एमाले संसदीय दलको नेतामा चयन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेको केही घण्टापछि बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलका नेता चयन गरेको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकले ओलीलाई दलको नेतामा चयन गरेको हो । ओलीलाई संसदीय दलको नेतामा चयन गर्न नेता माधव नेपालले प्रस्ताव गरेका थिए । नेपालको प्रस्तावमा उनी संसदीय दलको नेता बनेका छन् । एमाले संसदीय दलको यो पहिलो बैठक हो ।

एमाले स्थायी कमिटीले बुधबार नै ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेको थियो । स्थायी कमिटीले गरेपनि ओली संसदीय दलको नेता चयन भएका थिएनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice