विप्लव कार्यकर्ताद्धारा जिल्ला अदालतको सरकारी गाडीमा आगजनी

विप्लव माओवादीका कार्यकर्ताले काठमाण्डुको मध्यबानेश्वर स्थित एक घरमा पार्किङमा राखेको सरकारी गाडीमा आगजनी गरेका छन् । मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार घरको साईडमा पार्किङ गरि राखेको सरकारी नम्बरको टाटा सुमोमा विप्लवका कार्यकर्ताले विहान ८ बजेतिर आगजनी गरेर भागेका थिए । ‘गाडीमा सामान्य क्षती पुगेको छ ,आगलागीबाट गाडीको सिट जेलेर नष्ट भएको ’  डिएसपी पौडेलले जानकारी दिए, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’

विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । आगजनीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice