फेमिलिएरका १५ उत्पादन बजारमा

काठमाडौं । स्वदेशी आयुर्वेदिक जडिबुटीजन्य वस्तुको उत्पादन तथा बजारीकरण गर्दै आएको फेमिलिएर ब्राण्डले १५ नयाँ उत्पादन सार्वजनिक गरेको छ ।फेमिलियरले ग्लिसिरिन, २ वटा प्याकमा फेमिलिएर हनी, यु अनफान ५ सय एमएल, फल्स १ सय २० एमएल र स्प्रे सार्वजनिक गरेको हो ।

त्यस्तै, अदुवा लसुन किन्न नपर्ने सिलौटामा पिन्न नपर्ने स्लोगनसहित मल्टी मिट चिकेन मसला, सब्जि चाट मसला, जिरा, धनियाँ, बेसार, खुर्सानीको पाउडरसमेत सार्वजनिक गरेको छ ।

‘स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्घन, दीर्घकालीन स्वास्थ्य, सौन्दर्य र अर्थतन्त्रका लागि फेमिलियर अभियान’ विषयक कार्यक्रम अन्तर्गत नयाँ उत्पादन थपेको कम्पनीले जनाएको छ ।

फेमिलियर रोटी मेकरको नामले चर्चा कमाएको ब्रान्डले स्वदेशी आयुर्वेदिक जडिबुटीजन्य उत्पादनको रूपमा कपालको लागि केशामृत स्याम्पु र केशामृत हेयर आयल, अनुहारको लागि लेस ट्वान्टी फेस प्याक, जंडी प्लस, फेसटोन, गुलावजल, सनब्लक, एबरग्रिन, ग्रिन टी लगायतका सामग्री।उत्पादन गर्दै आएको कम्पनीले हनी ग्लिसिरिन र मसलाका उत्पादनहरू पनि थपेको हो ।

कम्पनीले वितरक र उपभोक्ता जागरणका लागि विज्ञहरूको फेमिलियर एकेडमीमार्फत तालिम सञ्चालन गर्ने देशभरका सौन्दर्यकर्मीको पेसागत तथ्यांक संकलन गरी डिक्सनेरी बनाउने तयारी गरिरहेको बताएको छ ।

त्यसैगरी कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत फेमिलियर फाउन्डेसनमार्फत सामाजिक गतिविधिहरू सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice