गृहमन्त्रालयको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ

काठमाडौं । एमाले र माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ । माओवादी र एमाले मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन सकेका छैनन् भने

पनि मन्त्रीहरुको टुंगो लागेको छैन । पार्टी स्थायी कमिटीले प्रमुख नेताहरुसँगको परामर्शमा अध्यक्षले मन्त्री छान्ने अधिकार दिएको छ । तर, ओली निकटकै नेताहरुले समेत आफूले चाहेको मन्त्रालय नपाए असहयोग गर्ने घुर्की दिन थालेका छन् ।

आइतबार साँझसम्म दुवै पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेमा सोमबार सपथग्रहण हुने प्रधानमन्त्रीनिकट एक एमाले नेताले बताए । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका केही नेतासँग सोमबारसम्म मन्त्रिपरिषद विस्तार हुने जानकारी दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice