अर्ली महाधिबेशनका पक्षमा खुले कांग्रेस नेता रामचन्द्र पौडेल, खुमबहादुरद्धारा प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः महाधिबेशनको माग गरेका छन् । निर्वाचनमा लज्जास्पद पराजय ब्यहोरेपछि नेपाली कांग्रेसका युवा नेताहरुले अर्ली महाधिबेशनको माग गर्दैआएका थिए ।

आइतवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा पौडेलले पनि अर्ली महाधिबेशनमा जोड दिए । ‘निर्वाचनपछि हामीले जे कुरा उठाउँदै आएका थियौ, नेता रामचन्द्र पौडेलले आज त्यही कुरा उठाउनु भएको छ’ थापाले भने । कांग्रेसलाई पुर्नगठनको आवश्यकता रहेको भन्दै गगन थापा, प्रदीप पौडेलहरुले अर्ली महाधिबेशनको माग गर्दै आएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले सशक्त प्रतिपक्षको भूमिकामा बस्ने र छाया सरकार गठन गर्ने निर्णय लिएको छ । बैठकमा नेता खुमबहादुर खड्का, मीन विश्वकर्मा, नवीन्द्रराज जोशी, धनराज गुरुङ, रामशरण महतलगायतले आफन भनाई राखेका थिए । खुमबहादुर खड्का र मीन विश्वकर्माले पार्टी सभापति देउवाको बचाउन गरेका छन् भने जोशी र गुरुङले देउवाको आलोचना गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice