‘विप्लव’ प्रति गृहमन्त्री लचिलो, शपथ लिएको भोलिपल्टै हेमन्त ओली रिहा

विराटनगर । गत फागुन ६ गते विराटनगरबाट नेपाल प्रहरीको गिरफ्तारीमा परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ मङ्गलबार रिहा भएका छन् । पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा भाग लिन विराटनगर पुगेका बेला उनलाई प्रहरीले गिरफ्तार गरेको थियो।

ओलीसँगै गिरफ्तारीमा परेका पोलिटब्युरो सदस्य पदम राई भने अझै हिरासतमै छन् । युवा संगठनको कार्यक्रममाथिको हस्तक्षेप र नेता-कार्यकर्ताको गिरफ्तारविरुद्ध नेकपाले फागुन ८ गते नेपालको आह्वान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालिन प्रहरी संरचनालाई ब्यूताएर नेकपा नेता-कार्यकर्तालाई जहाँ पयो त्यहीबाट गिरफ्तार गर्न आदेश दिएका थिए । सोही आदेशअनुसार अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेसहितका नेतालाई गिरफ्तार गरिएको छ । यद्यपि माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले गृहमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदर्शनको रिहाइले थापाले नेकपाप्रति नरम नीति लिएको रुपमा हेरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice