प्रदेश २ मा २ जना मन्त्री सहित ६ जना राज्यमन्त्री सिफारिस

जनकपुरधाम । प्रदेश २ मा प्रदेश २ को सरकार विस्तार हुने भएको छ ।   राष्ट्रिय जनता पार्टी तीन जना  राज्यमन्त्रीको नाम पठाएको छ  भने फोरमबाट दुई मन्त्री र तीन जना राज्यमन्त्री थपिने भएका  कारण  दुई मन्त्री पठाउने भएको छ ।

फोरमले गृह आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।

भने राजपाले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् । राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice