विप्लव माओवादीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण रद्द

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले करोडौ रकम खर्च गरी बलिउड अभिनेता सलमान खानलाई नेपाल नल्याउन चेतावनी दिएपछि उनको भ्रमण स्थगित भएको छ । विप्लव माओवादीको कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएको आयोजक ओडीसी इन्टरनेसनले बताएको छ । अभिनेता खान २३ वर्षपछि नेपाल आउन लागेका थिए । ओडिसी इन्टरटेनमेन्टले तीन दिनका लागि उनलाई नेपाल ल्याउने कार्यक्रम तय गरेको थियो ।

तर विप्लव नेतृत्वको माओवादीले भूकम्पका बेला कुनै पनि सहयोग नगर्ने सलमान खानलाई नेपाल नल्याउन चेतावनी दिएका थिए । ‘दबंग द टुर’ नाम दिइएको यस सांगीतिक भ्रमणका लागि सलमान ९ मार्चको बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम रहेको थियो । उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुने कार्यक्रम थियो । यी सवै कार्यक्रम रद्द गरिएको आयोजकले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice