‘मिस नेपाल नर्सिङबाट ताज होइन, समाजको ‘अरवी घोडा’ बन्न चाहान्छु’–केसी

‘म मेरो पेशाप्रति निकै सजग छु किनभने दुर दराजसम्म पुगेर विरामीको सेवा गर्ने दिर्घकालिन लक्ष्य छ’ उनले भनिन् ‘सुन्दरताले मलाई लक्ष्यमा जान रोक्दैन, सुन्दरतालाई साधन मानेर लक्ष्यमा पुग्ने मेरो अल्पकालिन योजना हो ।’

काठमाडौं । स्वाथ्यलाई पेशा, सुन्दरतालाई रुची बनाएकी साजन केसी यतिबेला मिस नेपाल नर्सिङ पिसकी प्रतिस्पर्धी छन् । सर्वाङ्ग हस्पिटल कुपन्डोलमा दैनिक विरामीका दर्दनाक पिडा देखेकी केसी जीवनभर विरामीकै सेवामा लाग्ने ‘अरवी घोडा’ बन्न चाहान्छिन् । तर यतिबेला उनलाई सुन्दरताले बेचैन बनाइदिएको छ । विरामीको सेवा गर्दै उनले मिस नेपाल नर्सिङ पिसको तयारी गरिरहेकी छिन् । ‘म मेरो पेशाप्रति निकै सजग छु किनभने दुर दराजसम्म पुगेर विरामीको सेवा गर्ने दिर्घकालिन लक्ष्य छ’ उनले भनिन् ‘सुन्दरताले मलाई लक्ष्यमा जान रोक्दैन, सुन्दरतालाई साधन मानेर लक्ष्यमा पुग्ने मेरो अल्पकालिन योजना हो ।’

लमजुङ बेँसीशहरमा जन्मिएकी केसीको कर्मथलो काठमाडौं हो । सर्वाङग हस्पिटलमा ४ बर्षदेखि स्टाफ नर्सकारुपमा कार्यरत छिन् । यहीबाट उनी पाँचौ मिस नेपाल नर्सिङ पिसकी प्रतिस्पर्धी बनेकी छिन् । पाँचौ मिस नेपाल नर्सिङ पिसका लागि देशभरबाट २०० बढी प्रतिस्पर्धी थिए । अडिसन दिएर २४ कन्टेस्टेण्ट छानिए । जसमा उनी पनि परेकी छिन् । ‘२४ जनामा पर्ने मेरो लक्ष्य होइन, ताज नै मेरो गन्तब्य हो’ केसीले भनिन् । आगामी १७ मार्च अर्थात ३ चैत्रमा मिस नेपाल नर्सिङ पिसको फाइनल राउन्ड हुनेछ । जसमा उनी बिजेताको प्रवल दावेदार हुन् । ‘ताज पहिरिन सुन्दरताले मात्र काम गर्दैन, बौद्धिकताको खाँचो पर्दछ’ आत्मविश्वासका साथ उनले भनिन् ।

ताज पहिरिने मिस नेपालहरु धेरै आए । कतिपयले यसलाई ब्यवसायीकतामा ढाले कतिपयले यसलाई सदुपयोग गर्न सकेनन् । तर केसी भने मिस नेपाल नर्सिङ पिसबाट आफुले धेरै कुरा सिक्ने बताउँछिन् । ‘म यहाँ जे सिक्छु, त्यो म आफ्ना विरामीका लागि प्रयोग गर्नेछु’ उनले भनिन् । स्वास्थयकर्मीका रुपमा काम गर्दा उनले धेरै विरामी र धेरै ब्यवहार देखेकी छिन् । गाउँदेखि शहरसम्मका ब्यक्तिको पिडा महसुस गरेकी छिन् । मिस नेपाल नर्सिङ भए विकराल स्वास्थ्य समस्या भएका दुर्गम ठाउँमा पुग्ने र विरामीको सेवा गर्ने लक्ष्य राखेकी छिन् ।

ओम समाज शैक्षिक प्रतिष्ठान नर्सिङ कलेजमा अध्ययन गरेकी केसी अहिलेपनि प्रतिस्पर्धालाई भन्दा पेशालाई नै बढि प्राथमिकता दिएकी छिन् । उनी दैनिक आफ्नो कर्म थलोमा पुग्छिन र विरामीको हेरचाह गर्छिन । समय मिल्नसाथ उनी मिस नेपाल, मिस युनिर्भसलका बारेमा जान्न कोसिस गर्दछिन् । उनले मिस नेपाल नर्सिङ पिसमा आफुलाई सहयोग गर्न उनले सर्वलाई आग्रह गरेकी छिन् । उनलाई भोट गरि सहयोग गर्न मोबाइलको म्यासेज बक्समा गई एमएनपी टाइप गरी एक स्पेस दिएर साजनको भोटिंग कोड १२ लेखी ३३००१ मा पठाउनु पर्नेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice