मदन भण्डारी र देवानसिंहको विरासत बोकेर राष्ट्रपतिमा भोजपुरकै दुई चेलीको प्रतिस्पर्धा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले राष्ट्रपति पदमा पुनः बिद्यादेवी भण्डारीलाई उम्मेद्धार बनाउने निर्णय गरेको दोस्रो दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा फरक फरक दलबाट प्रतिस्पर्धा गर्न लागेकी यी दुई चेलीको जन्मस्थान भने एउटै भूगोलमा परेको छ । दुवैको जन्मथलो भोजपुर हो ।

एमाले, माओवादी केन्द्र र संघिय समाजबादी फोरमको सहयोगमा वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी पुनः उम्मेद्धार बनेकी छिन् । कांग्रेस र राजपाको सहयोग राईलाई हुनेछ । कांग्रेस र राजपाको सहयोग मात्र राईलाई राष्ट्रपति बनाउन सक्नेछैन । राष्ट्रपतिमा बिद्यादेवी भण्डारी निश्चित भएपनि पार्टीको निर्देशन अनुसार राईले उम्मेद्धारी दिन थालेकी छिन् ।

भण्डारी भोजपुरको गुराँसेमा २०१८ सालमा जन्मिएकी हुन् । भने, राई भोजपुरकै पाखरेमा जन्मिएकी हुन् । २००६ सालमा जन्मिएकी राईले २०३० सालदेखि राजनीतिक यात्रा सुरु गरेकी थिइन । भण्डारीले पनि सोही समय २०३५ सालतिर तत्कालिन मालेको युवा लिगबाट राजनीति सुरु गरेकी थिइन ।

राईका पिता २०१५ सालका सांसद हुन् । पछि पञ्चायतकालमा तत्कालिन सरकारले उनको हत्या गरेको थियो । पिताको हत्यापछि उनी कांग्रेसको राजनीतिमा सक्रिय भएकी थिइन । २०७० सालमा उनी कांग्रेसबाट समानुपातिक सांसद बनिन् ।

बिद्यादेवी भण्डारी २०३५ सालदेखि राजनीतिमा लागेपनि उनको सक्रिय यात्रा भने मदन भण्डारीसँगको भेटपछि सुरु भएको थियो । २०३९ सालमा भूमिगत अबस्थामै मदन र बिद्याको विवाह भएको थियो । २०५० सालमा मदन भण्डारीको पनि रहस्यमय हत्या भयो । त्यसपछि बिद्यादेवी नेपाली राजनीतिमा बढि सक्रिय भइन । ३ पटकमन्त्री र २ पटक राष्ट्रपति बन्ने भएकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice