माओवादी केन्द्रकी नेतृ रेणु चन्दको दोस्रो इन्डिङ, बधाई दिन प्रचण्ड पुगेनन्

काठमाडौं । पहिलो बिवाह सम्बन्ध बिच्छेदमा गएर टुंगिएपछि नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभासद रेणु चन्दले दोस्रो इन्डिङ सुरु गरेकी छिन् । बैतडीकी चन्दले चीरण मानन्धरसँग दोस्रो विवाह गरेकी हुन् । माओवादी कञ्चनपुरका नेता एवं पूर्वसभासाद टेकेन्द्र भट्टसँगको आठ बर्ष लामो बैवाहिक सम्बन्ध तोडेपछि उनले अर्काे विवाह गरेकी हुन् । भट्टले भने चन्दभन्दा पहिले नै विवाह गरिसकेका छन् ।

विवाह समारोहमा उनले माओवादी केन्द्रका नेताहरुलाई निम्तो दिएका थिए । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि धेरै नेताहरु भने उनको निम्तोलाई स्वीकार गरी विवाह समारोहमा पुगेनन् । अन्य नेताहरु पनि विवाहमा सहभागि भएका थिएनन् । रेणुको विवाहमा उनकै छोरी भने सहभागि भएकी थिइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice