नेपाली कप्तान पारस खड्काले अन्तिराष्ट्रिय खेलमा १००० रन बनाए

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा स्कटल्याण्ड विरुद्ध खेल्दै पारसले १००० रन बनाएका हुन् । लामो समयदेखि उनी नेपाली टोलीका कप्तान हुन भने अलराउण्डर पनि हुन् । बलिङ र ब्याटिङ दुवै गर्न सक्ने सफल क्रिकेटर हुन् ।

स्कटल्याण्डसँग खेल्नुभन्दा पहिले पारसको ९९१ रन थियो । स्कटल्याण्ड विरुद्ध उनले ६३ रन बनाएर आउट भएका छन् । पाँचौ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै पारसले १००० रन पुरा गरेको आइसीसीले जनाएको छ । उनले ३० अन्तराष्ट्रिय खेल खेलेका छन् भने २ शतक र ६ अर्धशतक बनाएका छन् । सन् २०१४ मा युएई विरुद्ध अन्तराष्ट्रिय खेलमा पारसले डेब्यु गरेकाथिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice