नेम्वाङको आफ्नै प्रस्ताव बाधक बन्दा सभामुख बन्ने सपना यसरी तुहियो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आफैले दिएको सुझाव ‘आफ्नो खुट्टामा आफै बन्चरो’ हाने सरह भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग निकै राम्रो सम्बन्ध भएका नेम्वाङले नै माओवादी केन्द्रलाई सभामुखको प्रस्ताव गरेका थिए ।

ओली र दाहाललाई सुझाव दिँदा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष एमालेलाई उपराष्ट्रपति र सभामुख माओवादीले लिँदा राम्रो हुने सुझाव दिएका थिए । तरको सुझावले उनलाई नै पिरोलेको छ । ‘त्यो बेला त्यस्तो सुझाव दिइयो, अहिले आफैलाई अप्ठेरो परयो’ एमाले संसदीय दलको कार्यालयमा केही सांसद र पत्रकारहरुसँग गफिदै उनले भने ।

सभामुख माओवादी केन्द्रको भागमा परेपनि नेम्वाङले शुक्रवार विहानसम्म प्रत्यत्न गरे । राष्ट्रपति बन्ने इच्छा देखाएका नेम्वाङलाई ओलीले अस्वीकार गरेपछि सभामुखतिर लागेका थिए । सभामुखका लागि एमाले स्थायी कमिटी बैठकमा आफुलाई ‘संविधानका गडफादर’का रुपमा परिभाषित समेत गरे। नेम्वाङले सभामुखमा तिव्र इच्छा देखाएपछि ओलीले पनि दाहाललाई फकाउने कोशिस गरेका थिए । दाहाल पनि नेम्वाङ प्रति लचिलो बनिसकेका थिए । तर माओवादी केन्द्रको बैठकमा उनले नेम्वाङको प्रस्तावलाई पारित गराउन सकेनन् ।

‘अध्यक्षले नेम्वाङको प्रस्ताव पनि ल्याउनु भएको थियो, तर जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, बर्षमान पुनले कडा आपत्ति जनाउनु भयो’ माओवादी केन्द्रका एक नेताले भने ‘पार्टीभित्र तिव्र असन्तुष्टी बनेपछि महरालाई सभामुख बनाउने पक्षमा उहाँ उभिनु भएको हो ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice