विश्वकप खेल्ने नेपालको सपना सकियो, अफगानिस्तानसँग ६ बिकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालले तेस्रो पराजय भोगेको छ । पहिलो खेल जिम्वाबे, दोस्रो स्कटल्याण्ड र तेस्रो शनिवार अफगानिस्तानसँग पराजित भएको छ । पराजयसँगै नेपालका दुई ठुला सपनामा तुहिएका छन् ।

टस जितेर पहिले ब्याटिड रोजेको नेपालले अन्तिम ओभरको एक बल बाँकी छदै सवै विकेट गुमाएर १९४ रन बनायो । १९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको अफगानिस्तानले ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको छ । नेपालले दिएको झिनो लक्ष्य ३८.४ ओभरमै पुरा गरेको छ ।

अफगानिस्तानसँगको खेल नेपालका लागि निकै महत्वकाँक्षी थियो । सुपर सिक्समा पुग्न र अन्तराष्टिय क्रिकेटमा वान डे मान्यता पाउन नेपालले जित्नै पर्ने थियो । तर नेपाल पराजित भएको छ । पराजयसँग वान डे मान्यता पाउने नेपालको सपना अनिश्चित बनेको छ ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गरे । उनले ८२ बलमा ७५ रन बनाए । त्यसपछि नेपालका कुनै ब्याट्सम्यान क्रिजमा टिकेनन् । नेपालका ब्याट्सम्यान मात्र हैन बलर पनि अफगानिस्तानबिरुद्ध चल्न सकेनन् ।

One thought on “विश्वकप खेल्ने नेपालको सपना सकियो, अफगानिस्तानसँग ६ बिकेटले पराजित
  1. राम्रो खेल्ने खेलाडी छान्न नसक्नु र खराब प्रदर्शन गर्ने खेलाडी टीम मा राख्नु नेपाली टिमको गल्ती हो ग्यानेन्द्रले कुन खेलमा राम्रो प्रदर्शन गर्यो र त्यस्तै अरु खेलाडी पनी छन प्रतिक्रिया दिएर फाइदा छैन

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice