गृहमन्त्रीज्यू ! बोक्सी आरोपमा कुटिएकी राधाभन्दा अभियुक्त मान्यज्यूको ज्यान प्यारो !

काठमाडौं । टीकापुर विभत्सपूर्ण हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जेलबाट छुटाउन राजपा नेताहरु गृहमन्त्रीलाई दवाव दिन शनिवार सिंहदरवार पुगे । कानुनलाई चुनौति दिँदै जेलभित्रै भोक हड्तालमा बसेका सांसद चौधरीको स्वास्थ्यमा समस्या आयो । समस्या आएलगतै उनलाई सेती अन्चल अस्पतालमा लगियो । चौधरीको स्वास्थ्यप्रति गृहमन्त्री र राजपा नेताहरु निकै चिन्तित बने र तत्काल काठमाडौं ल्याउन गृहमन्त्री रामबहादुर थापा बादलले मातहतका निकायलाई निर्देशन दिए । शनिवार नै उनलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरियो ।

सेती अन्चल अस्पतालमै अन्धविश्वासको जघन्य अपराधमा परेकी राधा चौधरी जीवनमरणको दोसाँधमा छन् । बोक्सीको आरोपमा तथाकथित भोले बावा (रामबहादुर चौधरी) ले लगातार ६ घण्टा कुटपिट गरेपछि उनको अबस्था अत्यन्त नाजुक बन्यो । कुटपिटबाट टाउको, घाँटी, नाक, पेट र संवेदनशिल अंगमा चोट लागेको छ । तर उनको उपचारका लागि गृहमन्त्री थापाले काठमाडौं ल्याउन मातहतका निकायलाई हालसम्म निर्देशन जारी गरेका छैनन् ।

घरको गोठमा मल सोरिरहेकी राधालाई गाउँकै ६, ७ जना युवाले जवरजस्ती समातेर कथित भोले बाबा भएको ठाउँमा लगेका थिए । झण्डै सयौको संख्यामा गाउँलेहरु पनि त्यहाँ जम्मा भए । भोले बावाका कथित अपराधीले उनलाई निरन्तर ६ घण्टा हात र लातले प्रहार गरे । बोक्सी झार्ने भन्दै उनी माथी लगातार बर्बर अत्याचार भयो । अत्याचारको कसैले विरोध गरेनन्, तस्विर र भिडियो खिचेर जनप्रतिनिधिसमेत रमिते बनेको घटनाले देशको शिर झुकेको छ ।

‘यो सानो अपराध होइन । कल्पनै गर्न नसकिने अपराध हो । अत्यन्त दर्दनाक र कहालीलाग्दो त्यो घटनाले नेपाली समाज विचलित भएको छ । देश नै लज्जित भएको छ’ एमाले नेत्रृ तथा सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमा यसरी आक्रोस पोखेकी छिन् । उनले पिडित राधाको उपचारका लागि सरकारसँग आग्रह गरेकी छिन् । तर गृहमन्त्रीले मन्त्रालयमै गएर दवाव दिने राजपा अध्यक्ष महन्थ ठाकुरको बोली सुने । तर चौधरी चेलीको आवाज सुनेनन् ।

अमानवीय कार्य गर्ने भोले बावा नाम गरेका रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथी धेरै मुद्दाहरु लगाउन सक्ने आधार छन् । नेपालको प्रचलित कानुन अनुसार उनलाई १० बर्ष जेल सजाय पनि हुन सक्छ । तर मुद्दालाई फितलो बनाउन जनप्रतिनिधिदेखि सरकारसम्म लागेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice