सैन्य ताकतमा विश्वका शक्तिशाली राष्ट्रको सूचि सार्वजनिक, अमेरिका पहिलो, चीन दोस्रो र भारत चौथो

काठमाडौं । फौजी ताकतका हिसावले विश्वको नम्वर वान राष्ट्र अमेरिका बनेको छ भने दोस्रोमा चीन र चौथोमा भारत परेको छ । सवैभन्दा शक्तिशाली फौज भएका चार देशमध्ये भारत चौथो नम्वरमा परेको छ । युद्ध हतियार र सशस्त्र फौजलाई आधार मानेर गरिएको मानकमा अमेरिका पहिलो, चीन दोस्रो, रुस तेस्रो र भारत चौथो राष्ट्र बनेका छन् । अघिल्ला बर्षमा भारतभन्दा अघि रहेका फ्रान्स र ब्रेटेन यो बर्षको सर्वेक्षणमा पछि परेका छन् ।

विश्वभरीको आधुनिक बल र फौजी ताकतको विश्लेषण गर्ने ग्लोवल फायर पावरले २०१७ सर्वेक्षण सार्वजनिक गरेको छ । १३३ देशको सैन्य ताकतलाई सूचिकृत गरेको विविसीले जनाएको छ । यसमा सैन्य हतियारको मात्र विश्लेषण गरिएको छ । जो पारस्पारिक युद्धमा प्रयोग हुने गर्दछन् । प्रमाणु हतियारलाई समाबेश गरिएको छैन ।

बीबीसी संवाददाता शकील अख़्तरका अनुसार पहिलेभन्दा पाकिस्तानले आफ्नो सैन्य ताकतमा धेरै बृद्धि गरेको छ । पाकिस्तान सैन्य शक्तिका हिसावले विश्वको १३ औं राष्ट्र बनेको छ ।

विश्वमा सवैभन्दा बढि रक्षा बजेटमा अमेरिकाले खर्च गर्ने गरेको छ । ५८७ अर्ब अमेरिकी डलर प्रत्येक बर्ष खर्च गर्ने गरेको छ । जवकी विश्वको दोस्रो ठुलो सैन्य शक्ति भएको देश चीनले १६१ अर्ब अमेरिकी डलर सैन्य क्षेत्रमा खर्च गर्ने गरेको छ । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख र रिजर्व सैनिकको संख्या १४ लाख रहेको छ भने, तीन हजार लडाकु विमान र ६ हजार टैंक रहेका छन् । भारतले पछिल्लो समय आफ्नो रक्षा बजेट बढाउँदै लगेको छ । सन् २०१७ मा ५१ अर्ब डलर खर्च गरेको छ ।

ग्लोबल फ़ायर पावरका अनुसार अमेरिकासँग १३ हजारभन्दा बडि लडाकु विमान रहेका छन् । लड़ाकू, परिवहन र हेलिकॉप्टर पनि समावेश गरिएको छ । चीनसँग तीन हज़ार लड़ाकू जहाज़ छन् ।
भारतसँग लडाकु जहाज तीन हजारभन्दा बढि छन् । सक्रिय सैनिकको संख्या भारतमा १३ लाख भन्दा बढि छन् । भारतले २८ लाख रिर्जर्व सैनिक राखेको छ ।
भारतमा युद्ध टैंकको संख्या ४४०० छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice