म दमनकारी र भ्रष्टाचारी शासक बन्दिँन–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु दमनकारी शासक नभई जनताको सेवक भएको बताएका छन् । प्रतिपक्ष दलहरुले प्रधानमन्त्री दमनकारी बन्न खोजेको आरोप लगाइरहेका बेला संसदमा प्रधानमन्त्री ओलीले दमनकारी बन्नै नसक्ने बताएका छन् ।

‘जनताले मलाई दमनकारी शासक बन्न होइन सेवक बनाउन यहाँ पठाएका छन्’ उनले भने ‘लोकतन्त्रमा दमन हुँदैन, सत्य निष्ठा र कानुनको सम्मान हुन्छ ।’ कांग्रेसलाई फकाउँदै आफु दमनकारी र भ्रष्टाचारी नभएको बताए । राष्ट्रिय विकासको यात्रामा सत्तापक्ष र विपक्ष नहुँने भन्दै समृद्धिको बाटोमा तगारो बनन्न कांग्रेसलाई चेतावनी दिएका छन् ।

‘म दमनकारी र भ्रष्टाचारी बन्दिँन, अरुलाई पनि यो छुट दिन्न’ प्रधानमन्त्रीले भने ‘म राष्ट्रिय समृद्धिको अभियानमा छु, राष्ट्रिय समृद्धिको अभियानमा अवरोध गर्ने छुट प्रतिपक्षलाई छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice