डा.बाबुराम भट्टराई संसदबाट बेपत्ता !

काठमाडौं । नयाँशक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखाबाट निर्वाचित सांसद हुन् । तर उनी संसद बैठकमा जाँदैनन् ।

संसदको बैठक २१ फागुनदेखि जारी छ । बैठकले सभामुखको निर्वाचनदेखि प्रधानमन्त्रीको निर्वाचनसम्म सम्पन्न गरिसकेको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनकै माध्यमतबाट दुई तिहाई बहुमत लिए । तर संसदमा आफ्नो मत जाहेर गर्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराई भने उपस्थित भएनन् ।

साना र ठुला सवै दलले आफ्ना विचार ब्यवस्थापिका संसदमा राख्दै आएका छन् । तर राष्टिय मान्यता नपाएका साना दल पनि पार्टीकै भूमिकामा उपस्थित छन् । तर भट्टराई अहिलेसम्मका कुनैपनि बैठकमा उपस्थित भएका छैनन् ।

संसदमा नयाँशक्तिबाट उनी मात्रै निर्वाचित सांसद हुन् । ब्यवस्थापिका संसदमा उनको पार्टी सानो भएपनि नेपाली राजनीतिमा उनको उचाई ठुलो छ । ब्यवस्थापिका संसदमा पुगेर आफ्नो विचार दिने, सरकारलाई सकारात्मक काममा सहयोग र गल्ती गरेमा सुधार गराउने उनको पनि जिम्मेवारी छ । तर भट्टराई ब्यवस्थापिका संसदबाट बेपत्ता भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice