बैंकर्स संघको पञ्चायती कालिन सिन्डिकेट, एनआइसी एसियामा निक्षेप बढ्यो

काठमाडौं । खुल्ला बजार अर्थतन्त्रमा निक्षेपकर्तालाई सेवा प्रदान गर्न बैंकहरुबीच प्रतिस्पर्धा हुनुपर्ने हो । तर बैकर्स संघले सिन्डिकेट लागु गर्न खराव कदम चालेको छ । बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढंगाना र पूर्वअध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्तालाई ठग्न र बैंकहरुबीचको स्वस्थ्य प्रतिस्पर्धा रोक्न थालेका छन् ।

लोकतान्त्रिक ब्यवस्थामा पञ्चायती कालिन बैंकर्स नीति उपनाउन थालेका यी दुई पात्र यतिबेला निकै आलोचित बनेका छन् । बचत र मुद्दति निक्षेपमा ग्राहकहरुलाई दिइने ब्याजदरमा नियन्त्रण गरी एकाधिकार मात्र लाद्न खोजेका छैनन्, खुल्ला अर्थतन्त्रको नीतिलाई समेत चुनौति दिएका छन् ।

बैकर्स संघले २५ फागुनमा सवै बाणिज्य बैंकहरुले बचत खातामा ८ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत मात्र ब्याज दिने सिन्डिकेट निर्णय गरेका थिए । उनीहरुको निर्णयलाई चुनौति दिँदै खुल्ला प्रतिस्पर्धा गर्दै आएको एनआईसी एसिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिन थालेको छ । निक्षेपकर्ताको पक्षमा एनआइसी एसियाको निर्णय छ भने निक्षेपकर्ता ठग्ने र खुल्ला अर्थतन्त्रलाई चुनौति दिने बैैकर्स संघको कदम छ ।

आफ्नो सिन्डिकेट नमानेको आरोपमा बैंकर्स संघले एनआइसी एसियालाई निशाना साँधेको छ । अन्तर बैंकिङ कारोवार रोक्ने २७ बाणिज्य बैंकका सिइओहरु तयार भएका छन् । तर एनआइसी एसियासँग राष्ट्र बैंकसँग काम गर्ने बाटो भन्ने खुल्ला नै छ । अन्तर बैंकिङ कारोवार हुन नसकेपनि राष्ट्र बैंकको रिपो मार्फत एनआइसी एसियाले कारोवार गर्न सक्छ ।

बैंकर्स संघको सिन्डिकेटपछि एनआइसी एसियामा निक्षेप कर्ताको संख्या बढ्न थालेको छ । केही बैंकमा भएको निक्षेप पनि तानेर उपभोक्ताहरुले एनआइसी एसियामा जम्मा गर्न थालेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice