एनआईसी एसिया र बैंकर्स संघको विवाद सुल्झाउन राष्ट्र बैंकले पहल लियो

काठमाडौं । एनआईसी एसिया र बैंकर्स संघबीचको ब्याजदर विवाद सुल्झाउन नेपाल राष्ट्र बैंकले पहल थालेको छ । बचत र मुद्दतीमा दिने ब्याज दरका बिषयमा एनआईसी एसिया र संघबीच विवाद बढेको थियो । बैकर्स संघको सिन्डिकेट तोडदै एनआईसी एसिया एसियाले ब्याजदरमा बृद्धि गरेपछि अन्य बैंकले अन्तर बैंकिङ कारोवार नगर्ने निर्णय लिएको थियो । विवाद बढेदेखि मौन बस्दै आएको राष्ट्र बैंकले आफ्नो मौनता तोडेको छ । दुवै पक्षसँग परामर्शसँग परामर्श सुरु गरेको राष्ट्र बैंकले राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित बताए ।

‘हामीले यो विवादलाई नजिकबाट हेरिरहेका अध्ययन गरिरहेका छौ । विवाद कसरी सुल्झाउने भन्ने बिषयमा संघका अधिकारी र एनआइसी एसियासँग संवाद थालेका छौ’ सहायक प्रवक्ता पण्डितले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice