इन्टरपोलमा प्रहरीभन्दा पहिले दीपक मनाङे ! सांसद प्रमाणपत्रले रोक्यो रेडकर्नर नोटिस

काठमाडौं । फरार रहेका प्रदेशसभाका सांसद दीपक मनाङेलाई रेडकर्नर नोटिसमा राख्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले अस्वीकार गरेको छ। इन्टरपोलले रेडकर्नर नोटिसमा नराख्नुको मुख्य कारण हो सांसद पद ।

मनाङबाट प्रदेशसभामा निर्वाचित मनाङेलाई सर्वाेच्च अदालतले पाटन अदालतको फैसला सदर गर्दै पाँच बर्षको सजाय तोकेपछि उनी फरार भएका थिए । फरार भएका मनाङेलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । अदालतको फैसलापछि नेपाल बाहिर रहेका मनाङेलाई रेडकर्नरमा राख्न नेपाल प्रहरीले इन्टरपोललाई आग्रह गरेको थियो ।

नेपाल प्रहरीले इन्टपोलमा पत्र पठाउनुभन्दा पहिले नै मनाङेगले पत्र पठाएका थिए । उनले आफु निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै इन्टरपोललाई पत्र पठाएका थिए । मनाङेले पत्र पठाएको केही सयमपछि मात्र प्रहरीको पत्र इन्टरपोलमा पुगेको प्रहरी अधिकारीहरुले नै बताएका छन् ।

इन्टरपोलले मनाङे राजनीतिक व्यक्ति भएको जानकारी पाएपछि रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको छ । इन्टरपोलले राजनीतिक व्यक्तिहरूका नाममा रेडकर्नर नोटिस जारी गर्न नमिल्ने नेपाल प्रहरीलाई जवाफ दिएको छ ।

२२ फेब्रुअरीमा इन्टरपोल नेपालले मनाङेको नाममा रेड नोटिस जारी गर्न भन्दै इन्टरपोल मुख्यालयलाई कागजपत्र पठाएको थियो। त्योभन्दा पहिले नै मनाङेले आफु राजनीतिक ब्यक्ति भएको प्रमाण बुझाएका थिए । निर्वाचन आयोगले दिएको प्रदेशसभा सदस्यको प्रमाणपत्र इन्टरपोललाई पठाएका थिए । त्यसपछि राजनीतिक ब्यक्ति भन्दै इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्न मानेनन् ।

‘२२ फेब्रुअरीमा कागजपत्र पठाएका थियौं, हाम्रो कागजपत्र पुग्नुभन्दा पहिले नै इन्टरपोलमा उनको प्रमाणपत्र पुगिसिकेको रहेछ’ एक प्रहरी अधिकृतले भने । प्रहरीभित्रैबाट सूचना चुहाइएकाले इन्टरपोल मुख्यालयलमा मनाङेले निर्वाचन आयोगले दिएको सांसद प्रमाणपत्र बुझाएको ठहर प्रहरीले गरेको छ ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो। तत्कालिन पुनराबेदन अदालतको फैसलाबिरुद्ध मनाङे सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले तत्कालिन पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि उनी फरार भएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice