एमालेबाट गणेश तिमिल्सेना राष्ट्रिसभा अध्यक्षका उम्मेद्धार, गुरुङ दलका नेता

काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सेनालाई उम्मेद्धार बनाउने भएका छन् । प्रमुख सत्तारुढ दल एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षमा भागबन्डा गरेका थिए ।

सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सपथ लिइसकेका छन् भने राष्ट्रियसभामा एमालेका तिमिल्सेनाले आज उम्मेद्धारी दिँदैछन् । सोमबार विहान सिंहदरवारमा भएको शिर्ष नेताहरुको छलफलमा तिमिल्सेनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने सहमति भएको हो ।

राष्ट्रियसभा अध्यक्षका लागि एमालेबाट पर्शुराम मेघी गुरुङ, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराईले चाहाना राखेका थिए । तर एमालेले तिमिल्सेनालाई अध्यक्ष र गुरुङलाई दलको नेता बनाउने निर्णय गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice