हङकङले दियो नेपाललाई १५४ रनको लक्ष्य, संदिपले लिए तीन विकेट

काठमाडौं । आइसीसी विश्व कप क्रिकेटमा हङकङबिरुद्ध नेपालले शानदार प्रर्दशन गरेको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको छ ।

खेलको पुरै समय नेपाली बलरहरु हङकङबिरुद्ध हावी भए । संदीप लामिछाने एक्लैले तीन विकेट लिएका छन् । १० ओभर खेलेको लामिछानेले मात्र १७ रन खर्चेका थिए । त्यसैगरी बसन्त रेग्मीले २, सोमपाल कामीले १ र ललित राजबंशीले १ विकेट लिए ।

हङकङका लागि निजाकित खानले सर्वाधिक ४७ रन बनाए । हङकङका तीन खेलाडीले मात्र दोहरो अंक जोडेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice