एनआइसी एसिया र बैंकर्स संघको विवाद राष्ट्र बैंकले सुल्झायो

काठमाडौं । नेपाल बैंकर्स संघ र एनआइसी एसिया बैंकबीचका ब्याजदर विवाद साम्य भएको छ । राष्ट्र बैैंकको सक्रियतामा विवाद साम्य भएको हो । दुवै पक्षलाई बोलाएर राष्ट्र बैंकले सहमति गराएको छ ।

एनआइसी एसियाको निर्णय निक्षेपकर्ताका पक्षमा भएपनि चौतफी दवावका कारण उसले आफ्नो अडान तत्कालका लागि छोडेको छ । २७ बाणिज्य बैंक र बैंकर्स संघको सिन्डिकेटमा परेपछि एनआइसीले आफ्नो ब्याजदर बढाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । राष्ट्र बैंकले बैंकर्स संघका अध्यक्षसहित एनआइसी एसियाका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो। सोही छलफलमा एनआइसीले बढी व्याजदर नदिनेगरी सहमति भएको राष्ट्र बैंकले जनाएको छ ।

सहमतिअनुसार अब एनआइसी एसिया बैंकले मुद्दतीमा ११ प्रतिशत तथा बचतमा ८ प्रतिशतभन्दा बढी व्याजदर दिने छैन। त्यस्तै यसअघि मुद्दतीमा खाता खोलिसकेकालाई १ वर्षे अवधिको भएकाले सो अवधिसम्म त्यति नै व्याजदर दिने तर नयाँलाई ११ प्रतिशतभन्दा बढी नदिने सहमति भएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice