राष्ट्रपति चयनका लागि मतदान सकियो , ४ बजेदेखि मत मतगणना सुरु

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि संसद भवन बानेश्वरमा दिउँसो ३ बजे मतदान सकिएको हो।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद मतदानमा अनुपस्थित रहे।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय स‍ंसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो। निर्वाचन आयोगका प्रवक्ता ढकालका अनुसार अपराह्न ४ बजेदेखि मतगणना सुरु हुनेछ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा व्यवस्था गरिएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice