बैद्य माओवादीको ‘लाठी प्रशिक्षण’ मा प्रहरी हस्तक्षेप (चार तस्विर)

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सञ्चालन गरेको लाठी तालिममा प्रहरीले हस्तक्षेप गरेको छ । अध्यक्ष मोहन बैद्यले सोमबार तालिम उद्घाटन गरेका थिए । क्रान्तिकारी–माओवादी सम्बद्ध क्रान्तिकारी युवा लिग नेपालको प्रशिक्षण कार्यक्रम लाठीसहित शुरु भएको थियो । मकवानपुरको गुम्बाडाँडास्थित हर्नामाडी कला प्रतिष्ठानमा भइरहेको प्रशिक्षणमा प्रहरीले हस्तक्षेप गरेको हो । युवालाई बैचारिक र शारीरिक तालिम दिन ३ नम्वर प्रदेश अन्तर्गतको प्रशिक्षण शुरु गरिएको थियो ।

प्रशिक्षणस्थल पुगेका एसपी खनालले लाठीसहितको तालिम गर्दा स्थानीयवासीमा त्रास र आतंक सिर्जना भएको जनाउँदै प्रहरीले रोकेको बताएका छन् । त्यसक्रममा प्रहरी सहायक निरीक्षक बिनश चौधरी नेतृत्वको टोलीले उनीहरुको बासस्थानमा छापा मारेको थियो । छापा मार्दा शारीरिक प्रशिक्षणका लागि केही लठ्ठी भेटिएका थिए। ती लठ्ठी प्रहरीले बरामद गरेको छ।

प्रशिक्षणमा तीन दर्जन युवाहरु सहभागी थिए । शारीरिक प्रशिक्षणका लागि प्रयोग गरिएको २० लठ्ठी बरामद गरिएको प्रहरीले जनाएको छ । ‘उहाँहरुले शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुहुन्छ, तर जनजीवन आतंकित पार्ने गरी तालिम र परेड गर्ने छुट कसैलाई छैन’ खनालले भने, ‘लठ्ठी हामीले बरामद गरेका छौं, परेड बाहेक उहाँहरुको कार्यक्रम भने जारी रहन्छ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice